मकवानपुरमा बन्दुक बोकेर हिडिरहेका एकजना पक्राउ

निरन्तर न्यूज
१० माघ २०८१, बिहीबार १०:०८

हेटौंडा । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका वडा नम्बर – ९ हरियाली सामुदायिक वन क्षेत्रबाट बन्दुक बोकेर हिडिरहेका राक्सिराङ गाउँपालिका वडा नम्बर -१ गडुवानका जितबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

थिङको साथबाट फलामको बेरिङ ९ थान, फलाम जस्तो देखिने लाम्चो आकारको बस्तु ३३ थान, ३०५ ग्राम बारुद र एकथान खुकुरी बरामद गरेको प्रहरीले जनाएको छ ।

बन्दुक बोकेर हिडेका राक्सिराङका थिङ प्रहरी फन्दामाउनलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु