आँप खाँदै हुनुहुन्छ भने विचार गर्नुहाेस

निरन्तर न्यूज
२० जेष्ठ २०७६, सोमबार ०८:२३

हेटौँडा । देशका विभिन्न ठाउँमा विषादी प्रयोग गरिएका आँप विक्रिवितरण गरिएकाले आँप नखान विशेषज्ञहरुले सुझाव दिएका छन् । मानव स्वास्थ्यको लागि हानिकारक विषादी कार्वाइड प्रयोग गरी पकाईएको आँंप हेटौँडाका स्थानिय बजारहरुमा बिक्री भैरहेकाले त्यस्ता आँप नखान विशेषज्ञहरुले आग्रह गरेका हुन् ।

हानिकारक रसायन हालेर पकाएको आँप खाँदा रिङ्गाटा लाग्ने, बान्ता हुने, पेट पोल्ने र झाडापखाला लगाएतका समस्या हुने भएकाले त्यस्ता आँप चिकित्सकहरुले आग्रह गरेका छन् ।

विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने चिकित्सकको भनाई छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड विषादी प्रयोग गरी पकाएका आँप नेपालमा भित्रने गरेकाले विशेषज्ञहरुले सजग हुन समेत आग्रह गरेका छन् । त्यस्ता आँप विना परीक्षण नै बजारमा बिक्री भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु