पूर्ब मुख्यमन्त्री थापामाथी आक्रमण, कांग्रेसद्वारा भत्सर्ना

बिर्तामोड । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आक्रमण भएको छ ।
आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि आक्रमण गरेको बताइएको छ ।
थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ र उनको बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचार गरिएको छ । थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदैगर्दा सो घटना भएको बताइएको छ ।
थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएको बताइएको छ ।
उनको आक्रमणको नेपाली काँग्रेसले भत्सर्ना गरेको छ ।
कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको उल्लेख छ । उनको निधारमा चोट लागेको छ ।
कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको बिज्ञप्तीमा उल्लेख छ ।