रास्ट्रपतिद्वारा फास्टट्र्याकको निरीक्षण

निरन्तर न्यूज
५ माघ २०८१, शनिबार १२:४५

हेटौंडा । मकवानपुरमा राष्ट्रपति रामचन्द्र पौडेल आएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुरको बकैया–११ स्थित लेनडाँडा आइपुगेर दु्रतमार्गको शुक्रवार उनले निरिक्षण गरेका हुन् ।

उनले आजै तराइलाई काठमाण्डौं जोड्ने द्रुतमार्गको निरिक्षण समेत गरेका छन् । निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नलगायतका विषयमा आवश्यक जानकारी लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिएका छन् ।

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु