भ्याट नियममा परिवर्तन : क्रेता र विक्रेताले आधा–आधा तिर्नुपर्ने

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार २०:३९

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीमा विक्रेतालाई असर पर्ने गरी संशोधन गरेको छ । भ्यटको २१ औं संशोधित नियमअनुसार विक्रेताले अब ७ प्रतिशत भ्याट रकम असुरी गर्न पाउने भएका छन् ।

पहिलेको नियममा १ सय रुपैयाँको सामान खरिद गर्दा क्रेताले १३ रुपैयाँ भ्यट बुझाउनुपथ्र्याे । विक्रेताले सो १३ रुपैयाँ भ्याटबराबरको सम्पूर्ण रकम समायोजनका लागि दबी गर्न सक्ने प्रावधान थियो ।

तर, नयाँ नियमअनुसार अब भ्याटमा दर्ता भएको व्यक्ति वा संस्थाले सामान खरिद गर्दा विक्रेतालाई तिर्नुपर्ने भ्याटको ५० प्रतिशत रकममात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम आन्तरिक राजस्व कार्यालयमा सोझै दाखिला गर्नुपर्ने भएको छ ।

यसलाई सरल तरिकाले बुझ्दा भ्यादमा दर्ता भएको व्यक्तिले १ सय रुपैयाँको सामान खरिद गर्दा अब विक्रेतालाई ६ रुपैयाँ ५० पैसामात्र बुझाउनु पर्नेछ । बाँकी ६ रुपैयाँ ५० पैसा आन्तरिक राजश्व कार्यालयमा जम्मा गरिदिनुपर्नेछ । तर भ्याटमा दर्ता नभएका व्यक्ति वा संस्थाले सामान खरिद गर्दा भने पूरै रकम विक्रेतालाई बुझाउनुपर्नेछ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*