हेटौंडेली गायक बिकासको पहिलो गीत `मन´ को भिडियो सार्बजनिक

निरन्तर न्यूज
१ माघ २०८१, मंगलवार २०:३०

हेटौंडा । हेटौंडेली गायक विकास मानन्धरको पहिलो गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ।

गायक विकासकै शब्द र संगीत रहेको गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो।

आरम्भ ब्याण्डमा आबद्ध रहेका विकासकै युट्यब च्यानल विकास मानन्धरबाट सार्वजनिक गीतको भिडियोमा विकाससँगै सुबास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ।

भिडियोमा सरोजकुमार चौहानको निर्देशन, छायांकन र सम्पादन, रेनिस फागोको कलर ग्रेडिङ, राकेश दाहालको पब्लिसिटी डिजाइन र शिखा मानन्धरको डिजिटल ग्राफिक डिजाइन छ।

गायक विकासले गीतले मानव हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीय रूपमा चित्रण गरेको बताए। ‘गीतमा खुशी, दुःख, उत्साह र निराशाजस्ता भावना बीचको यात्रा र ती सबै भावनाहरूलाई सन्तुलनमा ल्याउने प्रक्रियालाई देखाइएको छ’, उनले भने, ‘भिडियोमार्फत हामीले आफ्नो दैनिक जीवनको थकानबाट आजित एक व्यक्तिको कथा देखाएका छौं, जसले आफ्ना साथीहरूसँग पुनः मिलन गरेर आनन्द र ताजगी अनुभव गर्छ। गीतले मित्रताको सुन्दरता र त्यसबाट आउने नवीन उर्जालाई प्रस्तुत गरेको छ।’

सानैदेखि गीत संगीतमा रुचि राख्ने बिकास २०६५ सालदेखि अष्ट्रेलियामा रहेको दाजु बिबेक मानन्धर बताउँछन् ।  विकास हाल अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन्। उनको यो गीत युट्युब र स्पोटिफाई, एप्पल म्युजिक, अमेजन, युट्युब म्युजिकजस्ता संगीत प्लेटफर्महरूमा उपलब्ध छ।

विकासका  अनुसार गीतको अवधारणा एक दिनमै तयार भएको थियो भने म्युजिक भिडियो दुई दिनभित्र खिचिएको थियो। विकासले गीत युट्युबको अतिरिक्त स्पोटिफाई, एप्पल म्युजिक, इन्स्टाग्राम, फेसबुक, टिकटक, डीजर, टाइडल, प्यानडोरा, स्न्यापच्याट, र रोब्लक्सजस्ता प्लेटफर्महरूमा उपलब्ध रहेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*