मलको अभावपछि किसानले घेरे जिल्ला प्रशासन, कृषि मन्त्रीको राजीनामा माग

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार २०:१९

धादिङ । सिजनको बेला रासायनिक मल अभाव व्यहोर्नुपरेपछि धादिङका किसानहरु आन्दोलित भएका छन् । अन्नबालीमा प्रयोग गर्ने मल नपाएपछि किसानहरु आन्दोलित हुँदै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

नाराबाजी गर्दै जिल्ला प्रशासन घेर्न पुगेका सयौं किसानहरुले कृषि मन्त्रीको राजीनामा माग्नुका साथै सरकारको समेत आलोचना गरे ।

आन्दोलित किसानले सम्बन्धित निकायमा निरन्तर गुनासो गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको प्रतिक्रिया दिएका छन् । ‘मल अभाव भयो भनेर विभिन्न समयमा आवाज उठायौं, तर पनि सम्बन्धित निकायले तदारुकता देखाएन र बारम्बार मल अभाव खेप्न परेकोले आन्दोलनमा उत्रन बाध्य भयौं,’ जिल्ला प्रशासन घेर्न आएका एक किसानले भने ।

रासायनिक मल लिनका लागि २/३ दिन अघिदेखि सदरमुकाममा बस्दा पनि मल नपाएको भन्दै किसानहरुले गुनासो गरेका छन् । यता व्यापारीहरु भने जिल्लामा मलको माग धेरै आएको तर माग अनुसारको आपूर्ति गराउन नसक्दा समस्या भएको प्रतिक्रिया दिएका छन् ।

सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आएको नीलकण्ठ सहमारी संस्था अगाडि लामो समयदेखि किसानहरुको भिड देखिँदै आएको थियो । साझापाेष्टमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*