लेखा समिति सभापति पाेखरेलकी श्रीमती अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

निरन्तर न्यूज
२४ पुष २०८१, बुधबार १९:३४

काठमाडौं । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालालाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

थुनछेक बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । उनले धरौटी बुझाइसकेकी छन् ।

मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी अन्जलाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिइन् । तर आज अदालत खुलेलगत्तै उनी हाजिर भएकी थिइन् ।

अदालतले पुस २ गते कोइराला, सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।बाँकी २३ जना अझै फरार रहेको बताइएको छ ।

उनीहरूसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो दाबी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*