चर्चित हिन्दी चलचित्र हेरा फेरीको तेश्राे सिक्वेल बन्ने

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार १९:१८

एजेन्सी । यही वर्षको अन्त्यमा चर्चित हिन्दी चलचित्र हेरा फेरीको तेश्राे सिक्वेल बन्ने भएको छ ।

निर्माण गर्न लागिएको ‘हेरी फेरी-३’ मा सुनिल शेट्टी, अक्षय कुमार र परेश रावललाई नै मुख्य भूमिकामा देख्न पाइने भएको छ।

फिल्म ‘हेरा फेरी-३’ बारे सुनिल शेट्टी निकै उत्साहित छन् । ‘हेरा फेरी-३’ लाई लिएर निर्देशक प्रियदर्शनसँग कुरा भइरहेको शेट्टीले बताएका  छन् । नयाँ फिल्मको काम सुरु हुनु अगाडि नै शेट्टी उत्साहित हुँदै भने, ‘अहिले सबैसँग कुरा भइरहेको छ र म निकै खुशी छु ।’ त्यस्तै पहिलो ‘हेरा फेरी’ आफूलाई निकै मन परेको समेत उनले बताए । तर ‘ फिर हेरा फेरी’ हेर्दा पहिला जस्तो रमाइलो नभएको शेट्टीको भनाइ छ ।

प्रियदर्शनद्धारा निर्देशित ‘हेरो फेरी’ सन् २००० मा रिलिज भएको थियो । उक्त फिल्ममा सुनिल शेट्टीसँगै अक्षय कुमार र परेश रावलले मुख्य भूमिका निर्वाह गरेका थिए । सन् २००६ मा बनेको  र निरज बोराद्धारा निर्देशित ‘फिर हेरा फेरी’ मा समेत तिनै मुख्य भूमिकामा देखिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*