भीम रावलप्रति ओली : उप र परराष्ट्र मन्त्री माग्नु भएको थियो मैले नदिएपछि देखाइ दिन्छु भन्नुभयाे

निरन्तर न्यूज
२३ पुष २०८१, मंगलवार १९:५४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावललाई उपप्रधान र परराष्ट्रमन्त्री नपाएको झोक मात्रै भनेका छन् ।

भीम रावलले ०७४ मा आफूसँग उप तथा परराष्ट्रमन्त्री मागेको बताउँदै नदिएपछि देखाइ दिने चेतावनी दिएको केन्द्रीय समितिको बैठकमा बताएका थिए । ‘भीम रावलले पहिले नै पार्टी छाडे जस्तै हो’, ओलीको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘आफूलाई केन्द्रित गरेर मात्रै बोल्ने उनको बानी थियो । सधैँ धम्क्याएर नभए देखाइै दिन्छु भन्नु हुन्थ्यो । ०७४ मा उहाँले उप र पराष्ट्र मन्त्री माग्नु भएको थियो, मैले नदिएपछि अनि देखाइ दिन्छु भन्नु भएको हो । देखाउँदै हुनुहोला ।’

ओलीले विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि पार्टीबाट निकाल्ने संकेत गरेका थिए । ‘उहाँहरुले पनि निर्णयपछि पनि गल्ती गर्दैनौं भन्नु भएन । जे गर्यौं ठिक गर्यौं भने जस्तो गर्नुभयो । जसले जे पनि गर्न मिल्दैन, पार्टीमा अनुशासन चाहिन्छ’, ओलीको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*