मितेरी सहकारी ठगी प्रकरणमा धनराजसँग सीआईबीकाे बयान

निरन्तर न्यूज
२३ पुष २०८१, मंगलवार १९:४०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगी प्रकरणमा दोस्रो पटक बयान गराएको छ ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब ५ घण्टा बयान लिइएको हो । यसअघि उनलाई सोही प्रकरणमा कार्तिक २८ मा सोधपुछ गरिएको थियो ।

मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलनमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको अनियमिततामा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ ।

बयानका क्रममा गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको र मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*