हेटाैँडा नगरका अस्पताल सञ्चालन र व्यवस्थापनमा प्रतिष्ठानले सघाउने
हेटौंडा । स्थानिय तह हेटौंडा उपमहानगरपालिले सञ्चालन गरेको दुई अस्पतालका लागि जनशक्ति व्यवस्थापन गरी आधारभुत स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सहयोग गर्ने भएको छ ।
उपमहानगर क्षेत्र भित्र रहेका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले हेटौंडा १३ र १६ मा सञ्चालनमा रहेको नगर अस्पतालका लागि प्रतिष्ठानमा रहेका जनशक्ती परिचालन हुने भएका हुन् ।
सोमबार हेटौंडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठनका पदाधिकारी बिच भएको छलफलमा नगर अस्पताल र हेटौंडा अस्पताललाई सञ्चालन र व्यवस्थापनमा सहकार्य गर्ने सहमति भएको छ । सहमति अनुसार प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पतालमा भिडियो एक्सरे, सिटिस्क्यान तथा एमआरआई सेवालाई २४ सै घण्टा सञ्चालन गर्न आवश्यक सहयोग उपमहानगरपालिकाले गर्ने भएको छ ।
दुई सस्था बिचको सहकार्यले नगरमा स्वास्थ्य सेवामा थप प्रभावकारीता आउने बिश्वास गरीएको छ । स्थानिय स्तरमै जनताले पाउँने स्वास्थ्य उपचार र बिभा सेवालाई प्रभाबकारी बनाउँनका लागि मत्वपुर्ण भूमिका निर्वाह गर्ने छलफलको क्रममा बताइएको थियो । प्रारम्भिक छलफल पछि सहकार्यका लागि दुई पक्षीय सम्झौता गरीने सहमति भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको छलफलमा प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञावली, रजिष्ट्रार भीमसागर गुरागाई, डिन दुर्गाकुमारी खड्का मिश्र, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्णप्रसाद घिताल, प्रतिष्ठानका प्राध्यापक डाक्टर दिनेशकुमार लम्साल, उपमहानगरपालिकाका उपनिर्देशक भीमप्रसाद तिमल्सिना, आर्थिब बिकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, प्रतिष्ठानका प्रशासकीय अधिकृत बिशाल लामिछाने, उपमहानगरपालिकाका कानुन शाखा प्रमुख लक्ष्मण मैनालीको उपस्थिती रहेको थियो ।