सबै क्षेत्रलाई समेटेर काम गर्छु : विष्णु ओझा

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार १८:५५

हेटौँडा । राष्ट्रिय समावेसी आयोगकी सदस्य बिष्णु ओझाले सबै क्षेत्रलाई समेटेर कार्ययाेजना अनुरुप अघि बढ्ने बताएकी छिन् ।

पत्रकार भेटघाटमा ओझाले  आफ्नाे कार्यकालकाे ६ वर्षमा जनताले महशुस गर्ने प्रकारकाे काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आ.व. २०७६/०७७ का लागि  तयार पारेकाे १८ वटा  योजना अनुसार नै काम गर्ने बताए  ।

ओझाले सबै क्षेत्र, वर्ग, सिमान्तकृत, मजदुर, महिला, चेपाङ, दलित सहित लोपोन्मुख जातिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

अहिलको सरकारले धेरै काम गर्न सक्ने देखिन्छ भन्दै ‌ओझाले याे अवस्थामा पनि विकासका काम हुन नसके अरु सरकारका बेला हुन नसक्ने दाबी गरिन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु