एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि बस्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं सांगठनीक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले भोलि मंगलबार पनि बैठक हुने भएको छ ।
आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनीक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ ।