उधोग तर्फका उपाध्यक्षका उम्मेदवार घिमिरे प्रतिस्पर्धाबाट पछि नहट्ने

निरन्तर न्यूज
१९ पुष २०८१, शुक्रबार १६:५१

हेटाैंडा । मकवानपुर उद्योग वाणिज्य संघकाे आसन्न निर्वाचनमा उद्योग तर्फकाे उपाध्यक्ष पदका उम्मेदवार रविन्द्र घिमिरेले आफु चुनावी प्रतिस्पर्धाबाट पछाडी नहट्ने प्रष्ट पारेका छन् ।

आज हेटौंडामा सन्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उम्मेदवार घिमिरेले बजारमा राजनैतिक पृष्ठभुमिको कारणले गर्दा मैले मैदान छोडेको र ब्याक भएको भन्ने हल्ला चलेको कारण आफ्नो उम्मेदवारी कायम रहेको र पछि हट्ने सम्भावना नरहेको बताएका छन् ।

‘संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार अनिल अग्रवालकाे प्यानलबाट उद्योग तर्फकाे उपाध्यक्ष पदमा उम्मेद्वार कायमै रहने भएकोले निराधार हल्लाको पछि नलाग्न सन्चारकर्मीमार्फत सम्पुर्ण उधोग ब्यबसायीमा अनुरोध समेत गर्दछु´ घिमिरेले भने ।

घिमिरे हेटाैंडा उपमहानगरपालिकाकाे नगर खेलकुद विकास समिति अध्यक्षसमेत छन् । घिमिरे २०५२ सालदेखि सरल निर्माण सेवाबाट व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनले हेटाैंडाकाे बुद्ध चाेकमा साई कलेक्शन नामकाे तयारी पाेशाक कपडाकाे व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।

घिमिरेले उम्मेदवारी छाेड्छ भन्ने हल्ला फिजाइएकाेले भ्रम चिर्न पत्रकार सम्मेलन गरेर जानकारी गराइएकाे बताए । `म विगतमा पनि थाेरै मतान्तरले पराजित भएकाेले यसवर्ष व्यवसायीहरूकाे हक हितमा लाग्नका लागि पुनः उम्मेदवारी दिएकाे छु ।´ उनले भने । आफनाे जितपछिकाे कार्यकाल नितान्त व्यवसायीकाे समस्या समाधान र उनीहरूकाे अधिकार स्थापित गराउन अभ्यस्त हुने विश्वास दिलाए ।

पूर्ब अध्यक्ष राजकुमार न्यौपानेले समेत घिमिरे पक्का उम्मेदवार भएको प्रष्ट्याएक छन् । कार्यक्रममा नेपाली काँगेसका युवा नेताहरु युद्ध थापा, बिबेक भन्डारीलगायतको उपस्थिति रहेको थियो ।

उद्योग तर्फबाट उक्त प्यानलमा दिपक शिवाकाेटी, राजकुमार बानियाँ, कृष्णगाेपाल महर्जन, महिला सदस्यमा मेनका श्रेष्ठ उम्मेदवार रहेका छन् । मउवा संघकाे अधिवेशन पुस २४ गतेदेखि २७ गतेसम्म हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*