कलाकार धुर्मुसले माफी मागे

निरन्तर न्यूज
१९ जेष्ठ २०७६, आईतवार १७:५५

काठमाडौं । कलाकार सीताराम कट्टेल धुर्मुसले  ‘हामीले आक्रोशमा आएर अञ्जानमा केही गलत बोलेको भए वा कर्सैमाथि ठोस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं भन्न् अभिव्यक्ति दिदै माफी मागेका हुन् ।

कलाककार कट्टेलले  चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्किएपछि दिएको अभिव्यक्तिप्रति फेसबुकमा ‘रङ्गशालाका विषयमा हाम्रो अपिल’ शीर्षकमा एक लामो स्टाटस पोष्ट लेख्दै उनले स्थानीयलगायतसँग माफी मागेका छन् ।

रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर लगाएर बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट सार्वजनिक भिडियोमा स्थानीयप्रति निकै आक्रोश व्यक्त गरिएको थियो ।

खासगरी कुञ्जना घिमिरे सुन्तलीले मिडिया र स्थानीयप्रति लक्षित गर्दै दिएको आक्रोशपूर्ण अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको सन्दर्भमा धुर्मुसको यस्तो स्ट्याटस आएको हो ।

फेसबुकमा कट्टेलले लेखेका स्टाटसको केही अंश

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*