आजबाट सन् २०२५, विश्वभर नयाँ वर्षको स्वागत

निरन्तर न्यूज
१७ पुष २०८१, बुधबार ०९:०८

काठमाडौं । विश्वभर नयाँ वर्ष २०२५ लाई धुमधामका साथ स्वागत गरिएको छ । विश्वका देशहरूमा समय पनि फरक–फरक हुने भएकाले नयाँ वर्षलाई फरक फरक समयमा स्वागत गरिएको छ । सन् २०२४ को अन्तिम दिनलाई विदा गर्दै नयाँ वर्षलाई स्वागत गरिएको हो ।
अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, चीन, हङकङ, जापान लगायतका देशहरूमा भव्यताका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।

स्पेन, जापान, फिलिपिन्स, दुबईलगायतका देशमा पनि नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको स्वागतमा विश्वभर नै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

विश्वका थुप्रै देशका मुख्य शहरहरूमा अहिले शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुति लगायतका कार्यक्रमहरू भइरहेका छन् । विश्वभरका नेताहरूले नयाँ वर्षको शुभकामना पनि दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*