घरजग्गा व्यवसायी संघमा ध्रुब घिमिरे

हेटौंडा । घरजग्गा व्यवसायी संघ मकवानपुरले ध्रुब घिमिरेको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
आज भएको भेलाले संघको वरिष्ठ उपाध्यक्षमा कमलराज मैनाली, उपाध्यक्षमा युवाकर मैनाली र महिला उपाध्यक्षमा डोल्मा स्याङ्वोलाई चयन गरेको छ ।
संघको महासचिवमा राजकुुमार बानियाँ, सचिवमा शम्भु पुडासैनी र कोषाध्यक्षमा भीमप्रसाद तिमल्सिनालाइई चयन गरेको छ ।
नव गठित संघको सदस्यहरुमा दिपेन्द्र यादव, होमनाथ गौतम, कालु घलान, कृष्ण चौलागाईं, हरि मैनाली, धर्मराज पुडासैनी, कृष्ण नकर्मी, प्रकाश बानियाँ, शंकर राउत, हरि गिरी, विजय गौतम, इन्द्र ढुंगेल, लगायत रहेका छन् ।
नगरको सुन्दरता बिगार्न दिन्न : मेयर महत
घरजग्गा ब्यवसायी संघको पहिलो भेलामा हेटौँडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले धेरै सहरको सुन्दरतालाई बिगार्न नदिने स्पष्ट पारे ।
मेयर महते पैसा कमाउने होडबाजीमा समाजको संरचनामा साेच्नु पर्ने भन्दै पैसा तथा सम्पती सबै कुरा हैन भन्दै जग्गा प्लटिङ बन्द नभएको भन्दै अब समिति तथा उपमहानगरपालिका बसेर यो विषयमा थप छलफल गर्दै निचोड निकाल्ने कुरामा आफु तयार रहेको समेत बताए ।
प्लटिङ गर्दा बाटो पिच गर्ने लगायतका भौतिक पूर्बाधार तयार नभै बैंक तथा वित्तिय सस्थाले समेत लगानी नगर्ने भएकोले समस्या भएको समेत मेयर महतले बताए ।