मकवानपुरका सञ्चारकर्मीसँग अध्यक्षका उम्मेदवार रानाभाटले लिए सुझाव

निरन्तर न्यूज
१६ पुष २०८१, मंगलवार १८:२३

हेटौंडा । यही पुस २७ गते हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले मकवानपुरका सक्रिय सञ्चारकर्मीहरुसँग राय, सल्लाह सुझाव लिएका छन् ।

एक कार्यक्रमको आयोजना गर्दै रानाभाटसहितका प्यानलले मकवानपुर उद्योग वाणिज्य संघसँग जोडिएका विषयहरु बारे सल्लाह सुझाव मागेका हुन । उम्मेदवार रानाभाटले जिल्लामा सक्रिय सन्चारकर्मीहरुलाई उद्याेग व्यवसायीकाे अवस्थाबारे वर्षाौँदेखि जानकार रहेकाे भन्दै प्रतिवद्धता पत्रमा लेखिने गरि आफुलाई सुझाव दिन आग्रह गरे । म धेरै बाेल्दिन मेराे गलत कुरालाई औँल्याएर आवश्यकता के के हाे हाम्राे टिमलाई सल्ला दिनुहाेला रानाभाटले भने ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, उपाध्यक्ष हरि हुमागाई, जिल्ला शाखा अध्यक्ष बालकृष्ण अधिकारीलगायतका पत्रकारहरुकाे उपस्थितिरहेकाे कार्यक्रममा उम्मेदवार रानाभाटलाई चुनावी कार्यक्रमलाई भड्किलाे, तटकभडक र रवाफशैलीमा नगर्न आग्रह गरेका थिए । यसले राम्राे म्याजेन नगएकाे सुझाएका थिए । सन्चारकर्मीले रानाभाटकाे विशेष याेजना के छ र उद्याेग र उत्पादनलाई जाेडेर प्रतिवद्धता बनाउन थप सुझाव दिएका थिए ।

सञ्चारकर्मीहरुले चुनावमा मात्र नभई संघले अघिपछि पनि सञ्चारकर्मीलाई साथ सहयोग गर्नुपर्ने बताएका थिए । रानाभाटलाई चुनावी बेलाका घोषणा पत्र पत्रमा मात्र नभई कार्यान्वयन गर्नेगरि अघि बढ्न सुझाव दिएका थिए । जुनसुकै क्षेत्रका व्यवसायी र उद्योगीको हक हितका साथै समस्याहरुको समाधानमा संघले साथ दिनुपर्ने जनाएका थिए ।

कार्यक्रममा रानाभाट प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको उपस्थिती रहेको थियो । सञ्चारकर्मीको सल्लाह सुझावलाई मनन गर्दै रानाभाटले छिट्टै टिम घोषणाका साथै प्रतिवद्धता पत्र सार्वजानिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु