ढकालकाे नेतृत्वमा चैनपुर जेसीज मनहरीमा नयाँ समिति सर्वसम्मत

निरन्तर न्यूज
१६ पुष २०८१, मंगलवार १७:५५

हेटौँडा । चैनपुर जेसीज मनहरीको वर्ष २०२५ को अध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् ।

सोमबार सम्पन्न दोस्रो साधारणसभाले ढकालको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरिएको निर्वाचन समिति २०२५ का प्रमुख निर्वाचन आयुक्त गणेश दर्पण अधिकारीले बताए ।

साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा मिलन ढुङ्गाना र मनोज विष्ट चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा राजु सुवेदी, बालकृष्ण विष्ट, कृष्णप्रसाद खनाल र रोचक ढकाल चयन भएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु