आज पौषे औँसी, ‘गया श्राद्ध’ गरिँदै

निरन्तर न्यूज
१५ पुष २०८१, सोमबार ११:३८

हेटौँडा । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसी (पौषे औँसी)का दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गरिन्छ ।

पितृलाई कृष्णपक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने हिन्दु धार्मिक परम्परा रहँदै आएको छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्ने गर्दछन् ।

सौरमासअनुसार माघे संक्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

आज काठमाडौँको गोकर्ण उत्तरगया, तनहुँको देवघाट, गुल्मीको रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावती लगायतका तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । भारतको गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*