हेटौंडामा एक युवाले चक्कु प्रहार गर्दा चार जना घाइते

निरन्तर न्यूज
१५ पुष २०८१, सोमबार ०९:१९

हेटौंडा। हेटौंडामा युवकको चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुर, शान्तिटोलमा स्थानीय ३० वर्षीय अमित कोईरालाले मादक पदार्थ सेवन गरी आफ्नै आमा तथा छिमकी समेतलाई कुटपिट तथा चक्कु प्रहार गर्दा ४ जना घाइते भएका हुन्।

मादक पदार्थ सेवनगरी मातिएर आएका युवकले आफ्नै आमालाई चक्कु प्रहार गरे । उनको चक्कु प्रहारबाट निजको आमा ५० वर्षीया शान्ता कोईराला, निजको छिमेकी १६ वर्षीया सबिना पौडेल, अर्का छिमेकी ५२ वर्षीय कृष्ण पौडेल र ४८ वर्षीय हरी बिडारी घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

चक्कु प्रहार गर्ने अमितलाई चक्कुसहित नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*