हेल्प मधेसी नेपालद्वारा आर्थिक सहयोग हस्तान्तरण

जनकपुर । हेल्प मधेसी नेपाल नामक सामाजिक संस्थाले साउदी अरबमा ज्यान गुमाएका जिन्दल मंडलका परीवारलाई आर्थिक सहयोग गरेको छ ।
बैदेशीक रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएका जिन्दलका परीवारलाई हेल्प मधेशी नेपालले ८१ हजार ५ सय रुपैया सहयोग गरेको अध्यक्ष राम उद्गार यादबले जानकारी दिए । संस्थाका अध्यक्ष राम उद्गार यादवले उक्त रकम मृतकका बुवा राजकुमार खत्वे र आमा शान्तीदेवि खत्वेलाई हस्तान्तरण गरेका हुन् ।
हेल्प मधेशी साउदी अरबद्वारा ५१ हजार र हेल्प मधेशी साउदी अरब तुरैफ दलानका अध्यक्ष जलन्धर यादवको पहलमा र मौलाना बशीरको सहयोगमा थप ३० हजार ५ सय गरी जम्मा ८१ हजार ५ सय रुपैया सहयोग जुटाइएको हो ।
सहयोग हस्तानतरण कार्यक्रममा सञ्चारकर्मी ओमप्रकाश साह. प्रहरी सहायक निरीक्षाक विजय कुमार यादव हेल्प मधेशीका केन्द्रिय सदस्य संजय यादव, हेल्प मधेशी साउदीका अल हस्सा दलानका उपाध्यक्ष विजय कुमार मण्डल लगायत स्थानीय बासिहरुको उपस्थिति रहेको थियो ।