लागुऔषध सेवनगरी सवारी चलाउने ३ चालक मकवानपुर प्रहरी नियन्त्रणमा

निरन्तर न्यूज
१४ पुष २०८१, आईतवार २०:५०

हेटौंडा। हेटौंडामा लागुऔषध सेवनगरी सवारी चलाउने ३ जना चालकलाई नियन्त्रणमा लिएको छ।

आइतबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सिएमसी चुरेहिल अस्पताल हेटौडाबाट खटिएको प्राविधिक टोली समेतको सहकार्यमा सवारी चालकको स्वास्थ्य परीक्षणका क्रममा तीनजना चालकले लागूऔषध प्रयोगगरी सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना तथा क्षती न्युनिकरणको लागी सवारी साधनहरु रोकी चालकहरुको ड्रग्स टेस्ट किटबाट स्वास्थ्य परिक्षण गर्ने क्रममा ना ६ ख ३१२४ नम्बरको ट्रक चालक सर्लाही हरिवन ०७ बस्ने वर्ष ३१ को अनराज कार्की, ना ६ ख १७२९ नम्बरको ट्रक चालक जिल्ला हेटौडा ०८ बस्ने वर्ष ३२ को बिक्रम थापा र ना ४ ख ५१११ नम्बरको ट्याङ्कर चालक मकवानपुर मनहरी ०९ बस्ने वर्ष ३१ को अशोक थोकरले लागु पदार्थ सेवन गरेको पाईएकोले नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । पक्राउ परेका सबैलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*