रास्वपाले बोलायो केन्द्रिय समितिको विस्तारित वैठक

अनुशासन आयाेग र संगठन विभागमा मनाेनयन
निरन्तर न्यूज
१२ पुष २०८१, शुक्रबार २०:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय संगठन विभाग र अनुशासन आयोगमा सदस्यहरू मनोनीत गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थप गर्ने निर्णय गरेको हो । जसमा लमजुङका धर्म केसी., रूपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी छन् ।

यस्तै, बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमलप्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । यस्तै पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु