लोकसेवाको विज्ञापन संघीयतामाथि अंकुश : लालबाबु राउत

निरन्तर न्यूज
१८ जेष्ठ २०७६, शनिबार ०८:०६

महोत्तरी । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन संघीयतामाथिको अंकुश भएको बताएका छन् ।

शुक्रबार महोत्तरीको बर्दिवासमा सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकमा मुख्यमन्त्री राउतले संविधानको धारा २७७ मा स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट व्यवस्था छ, तर पनि केन्द्रबाटै विज्ञापन गर्नु भनेको केन्द्र सरकारले संघीयतामाथि नै अंकुश लगाउन खोज्ने प्रयास भएको बताए ।

मुख्यमन्त्री राउतले लोकसेवाले स्थानीय तहको लागि गरेको विज्ञापन संविधानको भावनाविपरीत भएकोले आफुहरुलाई मान्य नहुने बताएका हुन् ।

मुख्यमन्त्री राउतले संघीयता खोज्ने केन्द्रको अभ्यासविरुद्ध सरकारले एकपछि अर्को अधिकार खोस्ने प्रपञ्च गरिरहेकोले स्थानीय तहका प्रतिनिधिहरुलाई एकजुट हुन आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु