पत्रकार सम्मेलनमा गोली चल्दा दुई पत्रकारसहित तीन जना मारिए

निरन्तर न्यूज
१० पुष २०८१, बुधबार १९:४४

काठमाडौं । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा पत्रकार सम्मेलनमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।

देशकै ठूलो सरकारी अस्पताल पुनः खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको द गार्जिएनले जनाएको छ । स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल हिंस्रक समूहले कब्जामा लिएको अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन् । यो आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ ।

गोली चलेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा पर्खाल नाघेर भाग्न खोजेकाहरुलाई गोली लागेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*