अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ मा हुने (सूचनासहित)

निरन्तर न्यूज
१० पुष २०८१, बुधबार ११:००

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयन पुस १७ गते गर्नेगरी २३औं राष्ट्रिय सम्मेलनको बाँकी कार्यतालिका सार्वजनिक भएको छ ।

क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उक्त कार्यतालिका सार्वजनिक गरेका हुन्‌ ।

नयाँ नेतृत्व चयन गर्नेगरी क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० देखि शुरू भएको थियो । तर, नेताहरूले आफ्नो स्वार्थअनुकूल हुनेगरी गुटगत होडबाजी गरेपछि नेतृत्व चयन नै नगरी सम्मेलन स्थगित भएको थियो ।

सार्वनजनिक नयाँ कार्यतालिका अनुसार पहिलो चरणमा उमेरहद लगाउने/नलगाउनेबारे पुस १३ गते मतदान हुनेछ । दोस्रो चरणमा नेतृत्व चयन गर्नेगरी पुस १७ गते निर्वाचन तोकिएको छ ।

यस्ताे छ सूचना

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु