क्रिसमसकाे अवसरमा राक्सिराङ्ग गाउँपालिकामा आज र भाेली सार्वजनिक बिदा

निरन्तर न्यूज
९ पुष २०८१, मंगलवार १६:२९

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरुले पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले इसाई धर्मावलम्वीहरुलाई क्रिसमस पर्व मनाउन यही पुस ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको गाउँपालिकाभरि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए। उनले इसाई धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत व्यक्त गरेका छन ।

यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका जनतामा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ्ग बनाउन सबैमा प्रेरणा प्रदान गरोस् अध्यक्ष मल्लद्वारा सोमबार जारी शुभकामना सन्देशमा भनिएको छ ।

अध्यक्ष मल्लले सार्वजनिक बिदा दिने निर्णय अनुसार मङ्गलबार र बुधबार दुई गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरु बन्द रहने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*