रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्न रास्वपाको माग

निरन्तर न्यूज
८ पुष २०८१, सोमबार १७:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न रास्वपाले सभामुखलाई अनुरोध गरेको छ ।
रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सभामुख देवराज घिमिरेलाई सोमबार सिंहदरवारमा भेटेर निलम्बन नगर्न आग्रह गरेका हुन् ।

सभामुख घिमिरेले भने यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने जवाफ दिएका छन् ।

रास्वपा नेताहरुले कांग्रेसका तत्कालीन सांसद टेकबहादुर गुरुङको मुद्दाको उदाहरण दिँदै रविलाई निलम्बन गर्न नमिल्ने तर्क गरेका छन । विशेष अदालतले गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि मात्रै उनी संसदबाट निलम्वित भएको सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु