मानव बेचबिखन विरुद्धकी अभियन्ता दनुवारको निधन
काठमाडौं । बिपद्मा रहेका चेलीबेटीहरूको उद्धारमा सक्रिय संस्था शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आकस्मिक निधन भएको छ ।
मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उनका पति नृप दनुवारले बताए ।
बिहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्याउँदा मृत घोषणा गरेको दनुवारले बताए । सुनिताका श्रीमान् र एक छोरी छन् ।
आफैँ मानव बेचबिखनबाट पीडित उनी उद्धारपछि नेपाल आएकी हुन् । उनी मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।
२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्याएपछि उनीहरुकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो ।
पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।
दनुवार उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता ९नेता०को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।