विजय यूथलाई फुटबल संघको बिदाइ

निरन्तर न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार १८:३४

हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघले विजय युथ क्लब हेटौँडालाई ‘सि डिभिजन लिग २०७६’ छनौट खेलको लागि विदाई गरेको छ ।

आज हेटौँडामा आयोजित विदाइ कार्यक्रममा जिल्ला फुटबल संघले विजय युथ क्लबलाई काठमाण्डौँमा हुने सि छनौट  प्रतियोगिता खेल्नको लागि ७५ हजार रुपैया सहयोग समेत गरेको संघका महासचिव युनाल मल्लले जानकारी दिए ।

जनप्रतिनिधि समेत रहेका  अध्यक्ष सुदिप राजबाहकले फुटबल संघले गर्नुभएको सहयोग र मकवानपुरे जनताले दिनुभएको मायाको लागि आभार प्रकट गरे ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रतियाेगितामा  क्लबलाई छनौटको लागि संघका अध्यक्ष टिका लामाले शुभकामना दिए ।

क्लबले पहिलो खेल जेठ १९ गते आईतवार सुन्धारा एफसी सँग खेल्ने तालिका रहेको छ । अध्यक्ष राजबाहक सहित टिम काेच सुबिन घिमिरेको टाेली शनिबार  काठमाण्डौ  जानेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु