उधोग चलाउन सबै पक्ष सकारात्मक हुनुपर्ने : मुख्यमन्त्री लामा

निरन्तर न्यूज
१० मंसिर २०८१, सोमबार ११:३३

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्योग चलाउन सबै पक्ष सकारात्मक हुनुपर्ने बताएका छन । उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा १० औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै सरकारले सुरक्षाको जिम्मा र पूर्वाधारको विकास गरेर उद्योग सञ्चालन गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए ।

उद्योगधन्दा नफस्टाएसम्म विदेश जानेक्रम नरोकिने बताउँदै उद्योगलाई सुविधा दिएर सरकारले जोगाउनुपर्ने उनको भनाइ छ । सरकारले उद्योगी व्यवसायीसँग लिएको करको प्रसङ्ग जोड्दै उहाँले न्यूनतम मात्रै कर असुल गरेको स्पष्ट पारे ।

उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेश सचिव राजेन्द्र कुमार केसी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेलले मन्त्रालयको प्रगति र उद्योग परिसंघ बागमती प्रदेश उपाध्यक्ष स्वागतराज प्याकुरेलले बागमती प्रदेशको औद्योगिक अवस्था तथा अवसरको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*