साफ महिला फुटबलको उपाधि बंगलादेशले जित्यो

निरन्तर न्यूज
१४ कार्तिक २०८१, बुधबार २०:४९

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराउँदै फेरि उपाधि जित्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काइन् ।

यससँगै साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेसँगै नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बनेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु