सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

निरन्तर न्यूज
१२ कार्तिक २०८१, सोमबार १०:०६

काठमाडौं । नेपाल सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचारलाई निःशुल्क गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आजको मन्त्रीस्तरीय निर्णयबाट कान्ति बाल अस्पताल काठमाण्डौ, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा यो सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

यो निर्णय मङ्सिर १ गतेदेखि लागू हुनेछ । मन्त्री पौडेलले पदबहाली गरेपछि बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क गर्न पहल थालेका थिए ।

साथै, उपचार खर्चमा अपुग भए मन्त्रालयले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने पनि प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सरको निदान हुने गर्दछ भने, सन् २०२२ मा क्यान्सरबाट १४ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । सरकारले यो निर्णयलाई बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि एक महत्वपूर्ण कदमको रूपमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*