हेटौंडाको चन्दन स्वीट्सलाई ५० हजार जरिवाना

निरन्तर न्यूज
१२ कार्तिक २०८१, सोमबार ०९:१२

हेटौंडा। हेटौंडा उपमहानगरपालिका –४ कान्तिलोकपथस्थित चन्दन स्वीट्स एण्ड बेकरीलाई ५० हजार जरिवाना गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको नेतृत्वको बजार अनुगमन टोलीले नियम विपरितको कार्य गर्ने चन्दन स्वीट्स एण्ड बेकरीलाइ ५० हजार जरिवाना गराइएको हो ।

उक्त मिठाई पसलले लेवल नभएको घीउ बिक्री गरेको, उत्पादकको विवरण नखुलेको पाउरोटी, गुँदपाक लगायतका खाद्य पद्धार्थ बिक्रि गरेको पाइएकोले कार्वाही स्वरुप जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी चिलुवालको बताए।

अनुगमनका क्रममा हिमालयन स्वीट्सलाई प्रयोगमा आइसकेको तेललाई बारम्बार प्रयोग नर्गन निर्देशन दिइएको थियो ।

सामान्य कैफियत देखिएको दाजुभाई स्वीट्सलाई सुधार गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

त्यस्तै, अनुगमन टोलीले जमदार फुड प्रालिलाई म्याद गुज्रीएको सामग्री राख्ने स्थान व्यवस्थित गर्न निर्देशन दिएको छ ।

आईतबार हेटौंडा बजार क्षेत्रका होटल, मिठाई पसल, डिपार्टमेन्टल स्टोर लगायतको अनुगमन गरेको थियो ।

तिहारको समयमा अत्याधिक खपत हुने भाईमसला, मिठाई लगायत दैनिक उपभोग्य बस्तुमा स्वस्थता कायम राख्न अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।

प्रमुख जिल्ला अधिकारी सहितको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भूर्तेल, उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख राम प्रसाद भुषाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख काशीनाथ घिमिरेका साथै सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*