श्रीमानसँग विवाद भएपछि हेटौंडाकी एक महिलाले गरिन् आत्महत्या

निरन्तर न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार १४:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित गएराति एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

३५ वर्षीया सोनु थिङले जेष्ठ १६ गते बिहीवार राति श्रीमानसँग विवाद भएपछि झुण्डिएर आत्महत्या गरेकी मकवानपुर प्रहरीले जनाएको छ ।

केही समय अघिदेखि सोनु र श्रीमान राजु थिङबीच सम्बन्ध विच्छेदको लागि विवाद भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मकवानपुर प्रहरीका अनुसन्धान अधिकृत सागरविक्रम राणाले जानकारी दिए ।

श्रीमान राजुसँगै १ छोरा, १ छोरीलगायतका घरका परिवारले बाहिर होटलबाट चाउचाउ खाएर आएको र हट्केसमा श्रीमानले मृतक सोनुलाई खाना ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

खानाकै विषयमा भएको विवाद चर्किएपछि गएराति एक्कासी झुण्डिएको अवस्थामा सोनुलाई देखेको प्रहरीसँग उनका श्रीमानले भनेको राणाले बताए ।

मृतक सोनुको माइती पक्षले भने श्रीमान राजुले उनको हत्या गरेको आरोप लगाएको छ । श्रीमान राजुले सोनु झुण्डिएको देखेपछि सोनुकी आमालाई गएर छोरी झुण्डिएकी छे भनेर जानकारी गराएपछि माइती पक्षले यस्तो आरोप लगाएको उनको भनाई छ ।

प्रहरीले घटनाको विषयमा थप अनुसनधान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु