मकवानपुरको थाहा नगरमा कृत्रिम फूलमा प्रतिबन्ध

निरन्तर न्यूज
१२ कार्तिक २०८१, सोमबार ०९:०४

हेटाैँडा । मकवानपुरको थाहा नगरपालिकामा कृत्रिम फूलमा प्रतिबन्ध लगाइएकाे छ ।

थाहा नगरपालिकाले स्थानीय फूल, किसानको हित तथा वातावरण संरक्षणका लागि प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाएको हाे ।

प्लास्टिकका फूलले वातावरण र माटोमा नकारात्मक असर पार्ने भएकाले यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए। गिरीका अनुसार यो निर्णयले स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने र प्राकृतिक फूलको प्रयोगलाई बढावा दिने लक्ष्य राखिएको छ।

उनले स्थानीय उत्पादन र स्वदेशी फूलको प्रवर्द्धन गर्नु सबैको जिम्मेवारी भएको बताउँदै नगरपालिकाको यो निर्णय विपरीत काम गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*