विश्वकप लिग २ काे हाइस्कोरिङ खेलमा नेपाल अमेरिकासँग पराजित

निरन्तर न्यूज
१२ कार्तिक २०८१, सोमबार ०७:५८

काठमाडौं । नेपालको आईसीसी विश्वकप लिग २ को अमेरिका यात्रा पनि पराजयबाट शुरु भएको छ । प्रतिस्पर्धात्मक खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो ।

डालासको ग्राण्ड प्रेरी मैदानमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा पुरा गर्यो । अमेरिकाका ओपनर शायन जहाँगीरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिकाले जित्यो ।

यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११-११ रन बनाए । ११ रन अमेरिकाले अतिरिक्त पायो ।

छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाए । उनी शतकबाट चुके ।

ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए । आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए ।

अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिंह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एकरएक विकेट लिए ।

लिग २ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*