कुशल भुर्तेलको विस्फोटक ब्याटिङःनेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

निरन्तर न्यूज
४ कार्तिक २०८१, आईतवार ०९:३७

Logo
आइतबार, कात्तिक ४ गते २०८१
कुशल भुर्तेलको विस्फोटक ब्याटिङः नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
90
Share
facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing buttonwhatsapp sharing button
images
images
कुशल भुर्तेलको विस्फोटक ब्याटिङः नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
images
काठमाडौं । कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरेपछि नेपालले दोस्रो टी २० आई खेलमा घरेलु टोली अमेरिकालाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालासस्थित ग्राउन्ड प्रेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो ।

images
तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशलले ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको योगदान दिए।
३१ बलमा २ चौका र १ छक्कासहित ओपनर अनिल साहले २५ रन बनाए । गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए। आशिफ शेख १ रनमा रनआउट भए।

अमेरिकाका लागि नोतुस केंजीगे र जसदीप सिंहले समान २ विकेट लिए। सौरभ नेत्रवालकारले एक विकेट लिए ।

नेपालले पहिलो टी-२० आई खेलमा १७ रनले जितेको थियो । तीन खेलको सिरिजमा नेपाल आजको खेलमा अमेरिकालाई हराउँदै एक खेलअगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।नेपाली राष्ट्रिय क्रिकेट टोली हाल अमेरिका भ्रमणमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*