मकवानपुरको भिमफेदी गोल्पिङमा मिनिबस र ट्याक्सी ठोक्कियो, ६ जना गम्भीर घाइते

निरन्तर न्यूज
२३ आश्विन २०८१, बुधबार २१:२१

हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ ७ बजे यात्रु बोकेर काठमाडौंबाट हेटौंडा हुदै जनकपुर जान आउदै गरेको मिनि बस गोल्पिङ नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौडा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाण्डौ बाट जनकपुरको लागी आउदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर खाई पुन हेटौडा बाट काठमाण्डौ तर्फ जादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोकिन गई बस सडक बाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ

सबै घाईतेहरुलाई उद्धार गरी उपचारको लागी हेटौडा तर्फ पठाएको घाईते मध्ये ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। यान्त्रिक गडबडी भएकोले बस सडकबाट पल्टिर खोला किनारमा उत्ताने परेको जनाइएको छ। प्रहरीका अनुसार दुर्घटनामा सवार मध्ये २० जना भन्दा बढी यात्रु घाइते भएको र अवस्था सामान्य रहेको बुझिएको र सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जनाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*