१० दिन पछि गृहमन्त्री पुगे बाढी प्रभावित क्षेत्र सिन्धुलीकाे खुर्काेट

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार २०:४४

हेटाैँडा । गृहमन्त्री रमेश लेखकसहित अन्य तीन जना मन्त्रीहरु सिन्धुलीको बाढी प्रभावित क्षेत्र खुर्कोटमा १० दिन पछी पुगेका छन् ।  पुगेका छन् ।

१२ देखि १३ असोजमा आएको वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध भएको १० दिनपछि गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राईसहितको टोली अनुगमन गर्न आज खुर्कोट पुगेका हुन् ।

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।

उक्त बेलिब्रिज पुल बन्न करीब १० दिन लाग्ने सिन्धुलीका एसपी गाेबिन्दराज काफ्लेले जानकारी दिएका छन् । गृहकाे निती र नियमानुसार तदारुकताका साथ कार्य गर्न मन्त्री लेखकले निर्देशन दिएकाे एसपी काफ्लेले जानकारी दिए ।

साथै उनीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनर्निर्माण, उद्धार र राहतका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काफ्ले, स्थानीय जनप्रतिनिधिलगायतसँग छलफल पनि गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*