तेलकाे ट्याङकरमा गाँजा तस्कर गर्ने मकवानपुरका २ जना पक्राउ

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार १९:५७

हेटौंडा । हेटौंडामा ३९२ किलो लागूऔषध गाँजा, तेल ट्याङकर सहित २ जना पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका वडा नंबर– १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा बिशेष सुचनाको आधारमा प्रहरीले यतीका धेरै लागूऔषध नियन्त्रणमा लिएको हो ।

पालुङबाट बिरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा मकवानपुर मनहरी गाउँपालिका वडा नंबर– ९ ज्यामिरे बस्ने ट्याङकर चालक २६ वर्षिय रोशन पुरी र सहचालक सोही ठाउँका २२ को धन बहादुर मल्ललाई पक्राउ गरिएको हो ।

शंका लागेर ट्याङकरको खानतलासी गर्दा ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नंबरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा लुकाई छिपाई गरी ल्याइएको लागू औषध गांजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेकामाथी अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*