हेटौंडा–काठमाण्डौं ओहोरदोहोर हुने गरि कान्तिलाेकपथ सन्चालन

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार १२:०९

हेटौंडा । बाढी र पहिरोका कारण अबरुद्ध भएको कान्तिलोकपथ पुन सञ्चालनमा आएको छ । कान्तिलोकपथ सञ्चालनमा आएसंगै हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने यात्रुहरुलाई सहज भएको छ । यो संगै हेटौंडा काठमाण्डौं ओहोर दोहोर गर्ने छोटा तथा लामो दुरीका सबै सडकहरु सञ्चालनमा आएका छन् ।

वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबारदेखि सवारी साधन संचालनमा आएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

‘त्रिभुवनराजपथ, कुलेखानी, फाखेल- फर्पिङ, सिस्नेरी- दक्षिणकाली  भएर काठमाण्डाैँ जाने आउने सडकमा अहिलेसम्म समस्या छैन, सुचारु नै छ’ मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्याम अर्याल बताउँछन् । आजबाट कान्तिलाेकपथ पनि सुचारु भएकाे प्रवक्ता अर्याले जानकारी दिए ।

पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडकको पुनर्निर्माण कार्य बिहान १ बजे सकियो, सवारी साधन पनि आवतजावत गरे, ‘कान्तिलोकपथ आयोजनाका एक ईन्जिनियरले भने, ‘तर व्यवस्थितसँग यातायातका साधन संचालन भने मंगलबार दिउँसोदेखि मात्र हुने छ ।

नेपाली सेना विगत चार दिनदेखि उक्त पुलको पहुँचमार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । सडक मर्मतका लागि सेनाको जनशक्ति र उपकरण एवं आवश्यक सामग्री भौतिक मन्त्रालयले उपलब्ध गराएको थियो ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कान्तिलोकपथ र वाग्मती पुल क्षतिग्रस्त बनाएको थियो । मकवानपुर भीमफेदी गाउँपालिका ८ महादेवटार र ललितपुरको वाग्मती गाउँपालिकाको बगुवास्थित वाग्मती खोलामा निर्माण गरिएको पक्की पुल वाग्मती खोलाले क्षतिग्रस्त बनाएको थियो । १२ वर्षअघि निर्माण गरिएको उक्त पुलको मकवानपुरकोतर्फको १५ दशमलब ७ मिटर स्ल्याब बगाएको थियो भने पुलसँगै जोडिएको करिब सय मिटर कालोपत्रे सडक वाग्मती खोलाले बगाएको थियो ।

कालोपत्र सडक भएको स्थानबाट वाग्मती खोला बगिरहेको थियो । खोलाले आफ्नो धार बदलेकाले मकवानपुतर्फ पुल र पहुँचमार्ग बगाएको थियो । वाग्मती पुल हेटौंडाबाट ५० किलोमिटरको दूरीमा छ । वाग्मती पुल २०६९ सालमा निर्माण भएपश्चात् कान्तिलोकपथ संचालन आएको थियो । पाँच मिटर चौडाई र ८७ मिटर लम्बाई भएको उक्त पुल ५ करोडमा निर्माण गरिएको थियो । २०१३ सालमा निर्माण सुरु गरिएको उक्त सडक वाग्मती पुलकै कारणले संचालनमा आउन सकेको थिएन । सडक निर्माण गरिएको ५६ वर्षपछि पुल निर्माण गरेर २०६९ सालदेखि संचालनमा आएको थियो । हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटा दुरीका वैकल्पिक सडकमार्ग र कान्तिलोकपथ बाढीपहिरोले क्षतविक्षत बनाएकाले पूर्वदेखि यात्रुहरु त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गरिरहेका थिए ।

बाढीले एउटा वाग्मती पुलमा बनेको स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध बनेको थियो । बगाएको भागमा डाइभर्सन निर्माण गरी सवारीका साधन संचालनमा आएका हुन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*