चाडपर्वमा वालेटमार्फत् दैनिक ३० पटकसम्म कारोबार गर्न पाउने : राष्ट्र बैैँक

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार ११:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदान प्रदानलाई सहज बनाउने उद्देश्यले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार संख्याको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दसैँको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था मिलाएको हो । यसअघि एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो ।

राष्ट्रबैंकका अनुसार, यो संशोधन दसैँका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुने छ ।

अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनमा रहेकोमा इसेवा, खल्ती, आईएमई–पे बढी प्रयोगमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*