हेटौंडा उपमहानगरद्वारा ईन्द्रसरोवर गाउँपालिकालाई ५ लाख सहयोग

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार ११:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाकै विपदग्रस्त एक गाउँपालिकालाई पुन:स्थापना र पुनर्निर्माण गर्नका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

हेटौंडा उपमहानगरको आइतबार बसेको ५४ औं कार्यपालिका बैठकले ईन्द्रसरोवर गाउँपालिकालाई उक्त सहयोग गर्ने निर्णय गरेको मेयर मीनाकुमारी लामाले जानकारी दिइन् । असोज ११ र १२ गते अविरल वर्षापछि आएको बाढीपहिरोले ईन्द्रसरोवरका सिस्नेरी बजार बगाएको, केही घरहरु पहिरोले पुरेको र सडक क्षतिग्रस्त बनाएकाले बस्ती पुन:स्थापना र सडक पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्य उपमहानगरपालिकाको विपद कोषबाट इन्द्रसरोवरलाई अनुदान सहयोग गरेको हो ।

उपमहानगर बैठकले ईन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा संचालित एन्फा एकेडेमीमा अध्ययनरत ६ विद्यार्थीको पहिरोमा परी निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*