मकवानपुरे पत्रकार गौतमको ‘प्रवासका फुलहरू’ बेल्जियममा विमोचन

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार ११:०१

हेटाैँडा । पत्रकार मणीराज गौतमद्वारा युरोपमा कार्यरत नेपालीको भोगाइमाथि लेखिएको ‘प्रवासका फुलहरू’ आइतबार बेल्जियममा विमोचन गरिएको छ । गौतम नेपाल पत्रकार महासंघ, मकवानपुरका अध्यक्ष हुन् ।

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियमद्वारा कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतले उक्त पुस्तक विमोचन गरिएको हो ।

‘यो पुस्तक यरोपमा रहेका नेपालीलाई बुझ्ने एउटा दस्तावेज हो,’ उनले भने,‘ नीति निर्मातादेखि युरोप बुझ्न खोज्नेहरुका लागि यो महत्वपुर्ण सर्न्दभ सामग्री हो । यसमा समेटिएका बिषयले युरोपवासी नेपालीको कथा–ब्यथा दर्साउँछ ।’

लेखक गौतमले युरोपको बसाइ, संघर्ष र सफलतामाथि लेखिएको बताए । ‘डेड वर्षमा मुलुक बाहिर रहेका छोराछोरीका जीबन्त कथा हो । यसामा ३९ जना पात्र मार्फत नेपालीको युरोप संघर्षलाई छर्लङ्ग गरिएको छ,’ उनले भने,‘युरोपमा दुखमात्रै छैन । अवसरको खानी पनि छ ।’

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले युरोपमा रहेका नेपालीको पहिचानलाई निरन्तरता दिन बिषय महत्वपुर्ण रहेको बताइन् । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले जन्मभुमि छोडेर फरक भुगोल संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अंमाई, अनेसास बेल्जियमका महासचिब गोपाल दाहाल, अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जित, एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरि भट्टराई, उपाध्यक्ष कासी दनै, ओएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशी लगायतले पुस्तकमाथि चर्चा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*