एन्फाले सिस्नेरी पहिरोमा मृत्यु भएका ६ खेलाडीका परिवारलाई ८ लाख दिने

निरन्तर न्यूज
२० आश्विन २०८१, आईतवार २०:५८

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ सिस्नेरीमा असोज १२ गते आएकाे पहिरोले पुरिएर ज्यान गुमाएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिपरिवार ८ लाख रुपैयाँ दिने भएको छ ।

आज आइतबार एन्फा अध्यक्ष  पंकज बिक्रम नेम्वाङकाे अध्यक्षतामा बसेको आपतकालीन बैठकले मकवानपुरको सिस्नेरीस्थित (वत्सलादेवी माध्यमिक सिभिल इन्जिनियरीङ शिक्षालय) वत्सलादेवी एकेडेमीमा फुटबल सिकिरहेका मकवानपुरका दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनसहित आदित्य बलम्पाखी, विकल रेग्मी र प्रियान्स आचार्यको परिवारलाई प्रति परिवार ८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यसैगरि  प्रत्येक बालकका नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा २ लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिने समेत एन्फाले  निर्णय गरेकाे प्रवक्ता सुरेश शाहले हस्ताक्षर गरेकाे बिज्ञप्तीमा उल्लेख छ ।

एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने बिज्ञप्तीमा उल्लेख छ । एन्फाले असाेज २१ गते साँझ ५ बजे देशैभरीका संघ तथा क्लबहरुलाई दिप प्रज्वलन र श्रद्धान्जली कार्यक्रम आयोजना गर्न भनेकाे छ ।

घटना छानबिन समिति गठन

एन्फाले बालकहरुको मृत्युको घटना छानबिन गर्न एन्फाले केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठकाे संयोजकत्वमा समिति गठन गरेको छ । जसकाे सदस्यहरुमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई रहेका छन्स । समितिलाई एक महिनामा  सत्यतथ्य सहित प्रतिवेदन पेश गर्न भनिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*