मंसिर २८ मा पत्रकार महासंघका तीनै तहको निर्वाचन हुने

निरन्तर न्यूज
२० आश्विन २०८१, आईतवार १९:०४

काठमाडौं । काठमाडौँ । नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिवार राति अबेर सकिएको भेलाले सो निर्णय गरेको हो ।

भेलाले सर्वसहमत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्बसहमतलाई पनि स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

यदि सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको १–१ जना प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले सर्वसहमतबाट विवाद टुङ्गो लगाउने निर्णय समेत भेलाले गरेको छ ।

सदस्यताको विषय कात्तिक मसान्तसम्म टुङ्गो लगाउने र टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*