मकवानपुर प्रहरी ११ करोडको सुन सहित २ जना समात्न सफल

निरन्तर न्यूज
१९ आश्विन २०८१, शनिबार १०:५०

हेटौंडा । मकवानपुर प्रहरी ठुलो परिमाणमा अबैध सुन समात्न सफल भएको छ । यसै क्रममा मकवानपुर प्रहरीले ८ केजी अबैध सुन सहित दुइ जना भारतीय नागरिक पक्राउ गरेको छ । अबैध सुन जस्तो देखिन पहेलो धातु सहित २ जना भारतिय नागरिक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरि जानकारी गरेको छ ।

हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा सुन सहित दुइ जनालाई नियन्त्रणमा लिइएको हो । पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षिय अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षिय राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथी शंका लागि शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा निजहरुले आफ्नो शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलिका सुन बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

आजको बजार भाउ अनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया बराबरको सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक बिश्वराज खडकाले जनाकारी दिनुभयो । सुन सहित अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

केही दिन अघि पनि मकवानपुर प्रहरीले आधा केजी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको थियो । मकवानपुर प्रहरीमा अहिले प्रमुखसहित सबै नयाँ टिम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*